प्रतिरोध बोल्छ मेरो उपनिवेशित जिब्रो

Luna Ranjit
Jul 28, 2021

मेरो जिब्रो एउटा उपनिवेश
जहाँ
मलाई पूर्वजहरुसँग जोड्ने
मेरो मुटुको भाषालाई
विस्थापित गरेर
आधिपत्य जमायो
बाँच्नको लागि चाहिने भाषाले
हाम्रा कथाहरु दबाउँदै
हाम्रा स्मृतिका पानाहरु मेटाउँदै

आगन्तुक शब्दका आवाजले
जरा गाडे मेरो बाल मस्तिस्कमा
अनि, लज्जित बनायो
आदेश अनुसार बटारिन नमान्ने जिब्रोले
गलत, अप्रासंगिक शब्द फुत्किने डरले
मुटुमा रातदिन राज गर्‍यो

तैपनि मेरो जिब्रोको एक कुनामा
प्रतिरोधको आगो बलिरह्यो
हार नमानी मां भाय् बोलिरह्यो
जेल परेका कवि,
निर्वासित लेखकहरुको सम्मानमा
हाम्रो भूत, भविष्य, वर्तमान
उत्खनन गरिरह्यो
र संरक्षण गरिरह्यो
हाम्रा बाखं, हाम्रा लुमन्ति

First published in Kantipur Koseli, November 2020

--

--

Luna Ranjit

organizer at heart. strategy consultant by trade. mostly prose with occasional forays into poetry. https://tinyletter.com/LunaRanjit